एनएसएलको उपाधि रक्षा गर्ने दाउमा ‘ललतिपुर सिटी’

आज पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्स भिड्दै

काठमाडाैं | बैशाख ७, २०८२

एनएसएलको उपाधि रक्षा गर्ने दाउमा ‘ललतिपुर सिटी’

काठमाडौं:   डिफेन्डिङ च्याम्पियन ललितपुर सिटीले एनएसएलको फाइनलमा प्रवेश गरेको छ ।

 

शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको सिटीले धनगढी एफसीलाई २–१ ले हराउँदै तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको हो ।

 

फाइनल प्रवेश गरेसँगै ललितपुर उपाधि रक्षा गर्ने दाउमा छ ।

 

खेलको १६ औ मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । यद्यपी ललितपुरको जीतमा खेलको ५७ औं मिनेटमा पाएको फ्रिकिकको अवसरलाई बेलफोर्टले गोलमा परिणत गरिदिए ।

 

यता धनगढीका लागि ६१ औं मिनेटमा दिपेश राईलाई रिप्लेस गर्दै मैदान छिरेका सुपर सब जर्जले पहिलो टचमा नै गोल गरे । र खेल बराबरीमा फर्कियो ।

 

निकै प्रतिस्पर्धात्मक बनेको  खेलको ७९ औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्याे । पापा इबाउ केबेले सेन्टर लाइनबाट एक्लैले बललाई अगाडि बढाए ।

 

चार डिफेन्डरले उनलाई रोक्न सकेनन् । करिब ३५ यार्डबाट हानेको पावरफुल प्रहार आकर्षक गोलमा परिणत भयो । उक्त गोल नै निर्णायक बन्यो ।

 

आज पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ । धनगढीले त्यो खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्